२४ जेठ २०८३, आइतबार

दीपकराज गिरी, दीपाश्री निरौलासहित ८६ कलाकारले पाए विशिष्ट चलचित्रकर्मी परिचयपत्र

भदौ १५, २०८२
काठमाडौं
दीपकराज गिरी, दीपाश्री निरौलासहित ८६ कलाकारले पाए विशिष्ट चलचित्रकर्मी परिचयपत्र

चलचित्र विकास बोर्डले आइतबार ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ वितरण गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा बोर्डको प्रेक्षालयमा सम्पन्न कार्यक्रममा चलचित्र क्षेत्रमा सक्रिय ८६ जना कलाकार तथा प्राविधिकलाई उक्त परिचयपत्र वितरण गरिएको हो।

कार्यक्रममा मन्त्री गुरुङले चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका कलाकार तथा प्राविधिकलाई सम्मानित गर्दै परिचयपत्र वितरण गरेका हुन् ।

चलचित्र विकास बोर्डले वितरण गरेको ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’लाई औपचारिक रूपमा चलचित्रकर्मीको पहिचान र कदरको प्रतीकका रूपमा लिइएको छ।

यस कार्यक्रममा सहभागी चलचित्रकर्मीले आफूले पाएको परिचयपत्रले आफ्नो पेसागत पहिचानलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

तस्वीरहरू : 

null

null

null

null

null

null

null

null

null

null

null

null

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी ।

salt training

कमेन्ट गर्नुहोस्