२७ असार २०८३, शनिबार

सी-पुटिन द्विपक्षीय बैठक : एक-अर्काको प्रशंसा गर्दै उनीहरूले के भने ?

भदौ १७, २०८२
काठमाडौं
सी-पुटिन द्विपक्षीय बैठक : एक-अर्काको प्रशंसा गर्दै उनीहरूले के भने ?

चीनका राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार बेइजिङमा द्विपक्षीय बैठक गरेका छन् । यो भेट बुधबार हुने चीनको सबैभन्दा ठूलो सैन्य परेडको एक दिनअघि भएको हो । 

पुटिनले दुई देशबीचको सम्बन्ध 'अभूतपूर्व स्तर'मा रहेको बताए । 'हाम्रो नजिकको अन्तरक्रियाले रूस र चीनबीचको रणनीतिक सम्बन्धलाई प्रतिबिम्बित गर्दछ,' उनले भने, 'प्रिय मित्र, म र सम्पूर्ण रूसी प्रतिनिधिमण्डल हाम्रा चिनियाँ साथीहरू र सहकर्मीहरूलाई फेरि एकपटक भेट्न पाउँदा धेरै खुसी छौं । हामी त्यतिबेला पनि सँगै थियौं र अहिले पनि सँगै छौं ।'

यसैगरी, चिनियाँ राष्ट्रपति सीले पनि चीन-रूस सम्बन्धले अन्तर्राष्ट्रिय परिवर्तनहरूको परीक्षामा उत्रिएको बताए । 'चीन-रूस सम्बन्धले अन्तर्राष्ट्रिय परिवर्तनहरूको परीक्षामा उत्रिएको छ,' उनले भने, 'अझ न्यायपूर्ण र निष्पक्ष विश्वव्यापी शासन प्रणाली सिर्जना गर्न चीन रूससँग काम गर्न चाहन्छ ।'

बुधबार, सी जिनपिङले चीनको अहिलेसम्मको सबैभन्दा ठूलो सैन्य परेड आयोजना गर्नेछन् । यो कार्यक्रम दोस्रो विश्वयुद्धको अन्त्यमा चीनमा जापानको आत्मसमर्पणको ८० औं वार्षिकोत्सव मनाइनेछ ।

salt training

कमेन्ट गर्नुहोस्