
नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवा प्राविधिक समस्या उत्पन्न भएपछि अनिश्चितकालका लागि बन्द गरिएको छ।
कम्पनीले मंगलबार जारी गरेको प्रेस नोटमा अर्को सूचना जारी नभएसम्म उक्त सेवा सञ्चालनमा नआउने उल्लेख गरिएको छ। समस्या समाधानका लागि आवश्यक प्रयास भइरहेको र चाँडै सेवा सुचारु गर्ने लक्ष्य राखिएको टेलिकमले जनाएको छ।
टेलिकमले ग्राहकलाई पर्न गएको असुविधाप्रति क्षमा प्रकट समेत गरेको छ।