२७ असार २०८३, शनिबार

नेपालमा अनुमति नलिएका ओटीटी प्ल्याटफर्ममा विज्ञापनसहितका सामग्री प्रशारणमा रोक लगाउन परमादेश

भदौ १८, २०८२
काठमाडौं
नेपालमा अनुमति नलिएका ओटीटी प्ल्याटफर्ममा विज्ञापनसहितका सामग्री प्रशारणमा रोक लगाउन परमादेश

सर्वोच्च अदालतले नेपालमा अनुमति नलिएका ओटीटी प्ल्याटफर्ममा तथा च्यानलहरूमा इन्टरनेटमार्फत प्रशारण हुने विज्ञापनसहितका सामग्रीमा रोक लगाउन परमादेश जारी गरेको छ ।

नेपालमा अनुमति प्राप्त नभएका विदेशी च्यानल तथा ओटीटी प्ल्याटफर्मले विज्ञापनसहितका सामग्री प्रकाशित गरिरहेकाले त्यसमाथि रोक लगाउन परमादेश जारी भएको हो ।

अधिवक्ता विश्वेश्वरप्रसाद गौतम र अनिता बजगाईंले २०७७ मा दायर गरेको रिटमाथि न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले बुधबार फैसला गरेको हो ।

राष्ट्रिय प्रशारण ऐन र नियमावलीअनुसार प्रशारण अनुमति नलिएका तथा दर्ता नभएका विदेशी च्यानल, ओटीटी प्ल्याटफर्म र इन्टरनेट ब्राउजर कम्पनीहरूमाथि नियमन गर्न सर्वोच्चले परमादेश जारी गरेको निवेदक गौतमले लोकान्तरलाई जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्