२३ असार २०८३, मंगलबार

अफगानिस्तानमा फेरि भूकम्प, पाकिस्तानसम्म धक्का महसुस

भदौ २०, २०८२
काठमाडौं
अफगानिस्तानमा फेरि भूकम्प, पाकिस्तानसम्म धक्का महसुस

अफगानिस्तानको दुर्गम दक्षिण-पूर्वी क्षेत्रमा गएराति फेरि ५.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको छ । यो पछिल्लो ६ दिनमा महसुस गरिएको तेस्रो ठूलो भूकम्प हो ।

स्थानीय समय अनुसार बिहीबार राति ८:५६ बजे भूकम्प गएको थियो । नान्गारहार र कुनार प्रान्तमा भूकम्पको धक्का महसुस भएपछि मानिसहरू आतंकित भएर आफ्नो आश्रयस्थलबाट बाहिर निस्किएका थिए ।

यद्यपि, बिहीबार राति आएको भूकम्पमा जनधनको क्षतिको कुनै आधिकारिक पुष्टि भएको छैन । तर केही घाइते भएको बीबीसीले जनाएको छ । 

बीबीसी उर्दूका अनुसार बिहीबार राति पाकिस्तानका धेरै क्षेत्रमा पनि भूकम्पका झट्का महसुस गरिएको थियो ।

यसअघिको भूकम्पमा मृत्यु हुनेको संख्या निरन्तर बढ्दै गएको छ । संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयका अनुसार आइतबार गएको भूकम्पमा हालसम्म १,३६८ जनाको मृत्यु भएको छ भने २,१८० जना घाइते भएका छन् । यी तथ्याङ्क २५ गाउँबाट प्राप्त रिपोर्टमा आधारित छन्।


 

salt training

कमेन्ट गर्नुहोस्