![बुटवलमा जेन जी पुस्ताको प्रदर्शन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/gen_z_butawal_final_eZ0TyS3EDr.jpg)
जेन–जी पुस्ताको विरोध डिजिटल हुँदै सडकसम्म आइपुगेको छ । विद्यार्थीहरू कलेजको पोशाकमै सडकमा निस्केका छन् । काठमाडौंसहित देशका विभिन्न ठाउँमा अहिले विरोध प्रदर्शन भैरहेको छ ।
बुटवलमा पनि जेनजी पुस्ताले प्रदर्शन गरेका छन् । लुम्बिनी प्रदेशको प्रमुख केन्द्र बुटवलमा सोमबार बिहान ९ बजेदेखि राजमार्ग चौराहमा जम्मा भएर उनीहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरूले मिलनचोक, बसपार्क पुष्पलालपार्क, गोलपार्क हुँदै बुटवल उपमहानगरपालिकासम्म पुगेर प्रदर्शन गरेका थिए ।

प्लेकार्ड र नारासहित प्रदर्शन गरेका उनीहरूले ‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी विदेश पढ्छन्, जनताका रातदिन पसिना चुहाउँछन्’लगायत नारा लगाएका छन् ।

प्रदर्शन सहभागी बिन्दु भुसालले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताइन् । देशको लागि अब युवाहरू अघि सर्नुपर्ने बेला आएको उनले बताइन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सुरज कार्कीले प्रदर्शनलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडाइ गरिएको बताए ।





