जेनजी पुस्ताका नाममा आह्वान गरिएको आन्दोलन तनावग्रस्त बनेपछि सुनसरीको इटहरीमा पनि कर्फ्यु आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले दिउँसो ३:३० बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
आन्दोलन उग्र बनेपछि प्रहरीले गोली समेत चलाएको छ । प्रदर्शनकारी इटहरी उपमहानगरपालिकामा प्रवेश गरेपछि प्रहरीले हवाई फायर गरेको हो ।
स्थिति अझै नियन्त्रणबाहिर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिमिल्सिनाले बताए ।
आन्दोलनका कारण पूर्वपश्चिम राजमार्गको इटहरी खण्ड ठप्प भएको छ ।