०२ असार २०८३, मंगलबार
आन्दोलनका क्रममा लुटपाट

उच्छृङ्खल गतिविधि गर्ने २७ जना पक्राउ, लुटिएको ३३ लाख रकम र हतियार बरामद

भदौ २५, २०८२
काठमाडौं
उच्छृङ्खल गतिविधि गर्ने २७ जना पक्राउ, लुटिएको ३३ लाख रकम र हतियार बरामद

नेपाली सेना सँगै अन्य सुरक्षाकर्मी परिचालन गरी गएराति १० बजेदेखि हालसम्म उच्छृङ्खल गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जिउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उच्छृङ्खल गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरिएको हो । आज बिहान १० बजेसम्मको सूचना निर्देशनालयले अपडेट गराएको छ । सेनाले ठेगाना नखुलाइकन तीनवटा वारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भइरहेको जनाएको छ ।

निर्देशनालयका अनुसार काठमाडौंको गौशाला,चाबहिल,बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार बरामद गरिएको छ।

काठमाडौंको विभिन्न स्थानबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका ३१ नाल हतियार, म्यागजिन एवं गोलीगठ्ठा बरामद गरिएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार घाइते भएका २३ जना प्रहरी र तीनजना गैरसैनिक व्यक्तिहरूको सैनिक अस्पतालहरूमा उपचार भइरहेको छ ।

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्