१३ असार २०८३, शनिबार

सागर डिस्टिलरीको आईपीओ खुला

भदौ ३०, २०८२
काठमाडौं
सागर डिस्टिलरीको आईपीओ खुला

सागर डिस्टिलरी लिमिटेडको साधारण शेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँको दरले सर्वसाधारणका लागि शेयर निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी ७२ करोड ६० लाखको २० प्रतिशतका दरले हुन आउने १४ लाख ५२ हजार कित्ता आईपीओ सार्वजनिक निष्कासनका लागि छुट्याएको हो ।

कम्पनीलाई क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट नेपाल लिमिटेडले ‘बी प्लस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यम स्तरको रहेको देखाएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्ने छन् ।​

कम्पनीको शेयर बन्द हुने मिति छिटोमा असोज २ गते र ढिलोमा असोज १३ गते रहेको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ ।

सागर डिस्टिलरी लिमिटेडको देवचुली नगरपालिका १ नवलपरासीमा रजिस्टर्ड कार्यालय रहेको छ भने काठमाडौं महानगरपालिका १ मा कर्पोरेट कार्यालय रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्