०८ साउन २०८३, शुक्रबार

विराटनगरको भाटभटेनीमा जलेको अवस्थामा एउटा शव भेटियो

भदौ ३०, २०८२
विराटनगर
विराटनगरको भाटभटेनीमा जलेको अवस्थामा एउटा शव भेटियो

विराटनगरस्थित भाटभटेनीमा जलेको अवस्थामा एक जनाको शव फेला परेको छ । 

सोमबार दिउँसो भाटभटेनीको दोस्रो तलामा पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीले जनाएको छ । 

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले यही भदौ २४ गते भाटभटेनीमा आगजनी गरेका थिए । सोही क्रममा लुटपाट गर्न सुपरमार्केटभित्र पसेका व्यक्तिको जलेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

मोरङ प्रहरी प्रवक्ता, डीएसपी कोपिला चुडालले घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का तयार पारेको जानकारी दिइन् । 

‘शव पूर्ण रूपमा जलेको अवस्थामा छ, पहिचान गर्न कठिन छ’, उनले भनिन्, ‘हामीले शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएका छौं, घटनाको थप अनुसन्धान गरिरहेका छौं ।’

आगजनीकै क्रममा अन्य व्यक्तिहरू पनि हराइरहेको हुनसक्ने आशंकामा प्रहरीले खोजी कार्य जारी राखेको छ ।

salt training

कमेन्ट गर्नुहोस्