
भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएको सर्वोच्च अदालतले त्रिपालमुनिबाटै सेवा दिन थालेको छ ।
अदालत नियमित सुनुवाइमा प्रवेश नगरे पनि बन्दीप्रत्यक्षीकरणका रिटमा भने सुनुवाइ थालिएको हो । जस अन्तर्गत बिहीबार पालमुनि नै इजलास स्थापना गरेर सुनुवाइ भएको छ ।
न्यायाधीश सपना प्रधान मल्ल र कुमार रेग्मीको एकल/एकल इजलासमा बन्दीप्रत्यक्षीकरण उपरको रिटमा सुनुवाइ भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिए ।
उनका अनुसार दुवै इजलासले दुवै रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।
आगजनी र तोडफोडबाट सर्वोच्च अदालतका महत्त्वपूर्ण कागजात तथा संरचनामा क्षति पुगेको छ ।