०५ साउन २०८३, मंगलबार
आगजनी र तोडफोडको असर

त्रिपालमुनि सर्वोच्चको इजलास, बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ

असोज २, २०८२
काठमाडौं
त्रिपालमुनि सर्वोच्चको इजलास, बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ

भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएको सर्वोच्च अदालतले त्रिपालमुनिबाटै सेवा दिन थालेको छ । 

अदालत नियमित सुनुवाइमा प्रवेश नगरे पनि बन्दीप्रत्यक्षीकरणका रिटमा भने सुनुवाइ थालिएको हो । जस अन्तर्गत बिहीबार पालमुनि नै इजलास स्थापना गरेर सुनुवाइ भएको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र कुमार रेग्मीको एकल/एकल इजलासमा बन्दीप्रत्यक्षीकरण उपरको रिटमा सुनुवाइ भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिए । 

उनका अनुसार दुवै इजलासले दुवै रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । 

आगजनी र तोडफोडबाट सर्वोच्च अदालतका महत्त्वपूर्ण कागजात तथा संरचनामा क्षति पुगेको  छ ।

salt training

कमेन्ट गर्नुहोस्