
बाँकेको नेपालगञ्जबाट एक थान भरुवा बन्दुक बरामद भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका-१३ रामलिला मैदान नजिकबाट बुधबार दिउँसो उक्त बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।