२९ असार २०८३, सोमबार

काठमाडौं प्रहरी प्रमुख फेरिए, रमेश थापाले पाए कमान्ड

असोज २, २०८२
काठमाडौं
काठमाडौं प्रहरी प्रमुख फेरिए, रमेश थापाले पाए कमान्ड

गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी रमेश थापालाई पठाएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका थापालाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो ।

जेनजीको प्रदर्शनमा सुरक्षा चुक भएको निष्कर्ष निकाल्दै गृह मन्त्रालयले एसएसपी विश्व अधिकारीलाई हटाएर थापालाई जिम्मेवारी दिएको हो ।

प्रहरीमा व्यावसायिक छवि बनाएका थापा अहिलेसम्म विवादमा आएका छैनन् । उनीसँग यसअघि जिल्ला प्रहरी कार्यालय कास्की र उदयपुरको नेतृत्व सम्हालेको अनुभव छ ।

काठमाडौं प्रहरी प्रमुखबाट हेडक्वार्टर तानिएका अधिकारीलाई भने हाल कुनै जिम्मेवारी दिइएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्