२९ असार २०८३, सोमबार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

असोज ५, २०८२
काठमाडौं
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेको छ ।

आज सुन प्रतितोला दुई लाख १७ हजार १०० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गत शुक्रबार सुन प्रतितोला दुई लाख १६ हजारमा खरिद बिक्री भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार छ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्