
आधुनिक पुरुषहरूको रोजाइमा परेको नेपाली ब्रान्ड जुट फेसनले आफ्नो नयाँ ई–कमर्स वेबसाइट www.zoot.com.np शुरू गरेको छ ।
नेपालीहरूको महान चाड विजया दशमीको अवसर पारेर यही असोज ६ गते उक्त वेबसाइट सार्वजनिक गरिएको हो ।
नयाँ अनलाइन स्टोरले देशभरका ग्राहकहरूलाई सहज र आकर्षक किनमेल अनुभव दिने र घर आँगनमा नै डेलिभरी दिने उद्देश्य राखेको छ, जसले जूट फेसनको सृजनशीलता र गुणस्तरीय फेसनप्रतिको प्रतिबद्धतालाई पूरा गरेको कम्पनीले जनाएको छ ।
२५ देखि ४५ वर्ष उमेर समूहका फेसनप्रेमी पुरुषहरूका लागि लक्षित गर्दै यो वेबसाइट डिजाइन गरिएको हो ।
आधुनिक इन्टरफेस र सजिलै नेभिगेट गर्न सकिने क्याटोगोरीहरूको साथ ग्राहकहरूले सहजै जुट फेसनको सर्ट, ट्राउजर, पाइन्ट, ज्याकेट र अन्य सामानहरू अर्डर गर्न सक्नेछन् ।
कम्पनीका संस्थापक तथा सीईओ, श्यामरत्न मालीले भने, 'फेसन स्टाइल भनेको हामीले के लगाउँछौं भन्ने मात्र होइन, यो त तपाईं हामीले बोक्ने मूल्यमान्यता र सोचसँग पनि जोडिएको हुन्छ, जूट फेसनको यात्रामा हामीले शुरूदेखि नै फेसनलाई व्यक्तित्व र आत्मविश्वाससँग जोड्ने प्रयास गरेका छौं र गरिरहेनेछौं ।'
नयाँ वेबसाइटको शुरूआत तथा चाडपर्वको अवसरमा ग्राहकहरूले ३५ प्रतिशतसम्मको छुटका साथै पहिलो अर्डरमा थप ५ प्रतिशत छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।