२३ असार २०८३, मंगलबार

जूट फेसनले शुरू गर्‍यो नयाँ ई–कमर्श वेबसाइट

पुरुषहरूको फेसनमा नयाँ आयाम थप्दै
असोज ५, २०८२
काठमाडौं
जूट फेसनले शुरू गर्‍यो नयाँ ई–कमर्श वेबसाइट

आधुनिक पुरुषहरूको रोजाइमा परेको नेपाली ब्रान्ड जुट फेसनले आफ्नो नयाँ ई–कमर्स वेबसाइट www.zoot.com.np शुरू गरेको छ ।

नेपालीहरूको महान चाड विजया दशमीको अवसर पारेर यही असोज ६ गते उक्त वेबसाइट सार्वजनिक गरिएको हो ।

नयाँ अनलाइन स्टोरले देशभरका ग्राहकहरूलाई सहज र आकर्षक किनमेल अनुभव दिने र घर आँगनमा नै डेलिभरी दिने उद्देश्य राखेको छ, जसले जूट फेसनको सृजनशीलता र गुणस्तरीय फेसनप्रतिको प्रतिबद्धतालाई पूरा गरेको कम्पनीले जनाएको छ ।

२५ देखि ४५ वर्ष उमेर समूहका फेसनप्रेमी पुरुषहरूका लागि लक्षित गर्दै यो वेबसाइट डिजाइन गरिएको हो ।

आधुनिक इन्टरफेस र सजिलै नेभिगेट गर्न सकिने क्याटोगोरीहरूको साथ ग्राहकहरूले सहजै जुट फेसनको सर्ट, ट्राउजर, पाइन्ट, ज्याकेट र अन्य सामानहरू अर्डर गर्न सक्नेछन् ।

कम्पनीका संस्थापक तथा सीईओ, श्यामरत्न मालीले भने, 'फेसन स्टाइल भनेको हामीले के लगाउँछौं भन्ने मात्र होइन, यो त तपाईं हामीले बोक्ने मूल्यमान्यता र सोचसँग पनि जोडिएको हुन्छ, ​जूट फेसनको यात्रामा हामीले शुरूदेखि नै फेसनलाई व्यक्तित्व र आत्मविश्वाससँग जोड्ने प्रयास गरेका छौं र गरिरहेनेछौं  ।'

नयाँ वेबसाइटको शुरूआत तथा चाडपर्वको अवसरमा ग्राहकहरूले ३५ प्रतिशतसम्मको छुटका साथै पहिलो अर्डरमा थप ५ प्रतिशत छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्