२९ असार २०८३, सोमबार

'राजनीतिक परिवर्तनलाई परिणाममा पुर्‍याउन छिमेकीको सहयोग अपरिहार्य'

असोज ७, २०८२
काठमाडौं
'राजनीतिक परिवर्तनलाई परिणाममा पुर्‍याउन छिमेकीको सहयोग अपरिहार्य'

मुलुकमा भएको राजनीतिक परिवर्तनलाई परिणाममा पुर्‍याउन छिमेकी मुलुकको सहयोग अपरिहार्य रहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । 

फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै क्लाडका अध्यक्ष शोभित उप्रेती, विदेश मामिला विज्ञ डा. झमकुमार विश्वकर्मालगायतले जेनजी आन्दोलनपछिको परिवर्तनलाई व्यवस्थापन गरी मुलुकको स्थिरता, शान्ति र विकासका लागि छिमेकी मुलुक चीन र भारतको सहयोग र समर्थन लिएर अघि बढ्नुपर्ने धारणा राखे । 

उनीहरूले संकटको घडीमा सबै छिमेकी देशबाट सहयोग र संरक्षण प्राप्त भैरहेको स्मरण गरे। 

नेपालमा युवाहरूको आन्दोलन भ्रष्टाचारविरद्ध भएको स्पष्ट भएकाले सुशीला कार्की नेतृत्वको सरकारले आन्तरिक र बाह्य शक्तिको  सन्तुलन मिलाउन सक्नुपर्ने उनीहरूको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्