
शुक्रबार फेरि सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १ हजार २०० रूपैयाँले महंगिएको हो।
बिहीबार सुन प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा शुक्रबार यसको मूल्य बढेर २ लाख २२ हजार ५ सय रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। बिहीबार प्रतितोला २ हजार ६८५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ५५ रूपैयाँ बढेर २ हजार ७४० रूपैयाँमा पुगेको महासंघले जनाएको छ।