२४ असार २०८३, बुधबार

दसैंको टीकाको दिन अधिकांश ठाउँमा बदलीसहित वर्षाको सम्भावना

असोज १६, २०८२
काठमाडौं
दसैंको टीकाको दिन अधिकांश ठाउँमा बदलीसहित वर्षाको सम्भावना

दसैंको टीकाको दिन देशका धेरै ठाउँमा बदलीसहित वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी र स्थानीय वायुले प्रभाव छ ।

बिहीबार दिनभरि देशभर सामान्यतया आंशिकदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागहरूमा तथा मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्ने अनुमान छ । साथै, कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने पूर्वानुमान छ ।

बिहीबार रातिको समयमा पनि सबै प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ भने अन्य प्रदेशका केही स्थानहरूमा पनि थोरै वर्षा हुन सक्छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्