१२ साउन २०८३, मंगलबार

म्यानचेस्टर आक्रमण अपडेट : दुई जनाको मृत्यु

असोज १६, २०८२
काठमाडौं
म्यानचेस्टर आक्रमण अपडेट : दुई जनाको मृत्यु

म्यानचेस्टरको एक सिनागगमा जथाभावी कार कुदाउँदै गरिएको छुरा प्रहारको आक्रमणपछि दुई जनाको मृत्यु भएको छ ।

त्यसमध्ये एक जना आक्रमणकारी रहेको बताइएको छ । उनको प्रहरीको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ । 

प्रहरीका अनुसार आक्रमणकारीको अवस्थाबारे पुष्टि हुन सकेको छैन, किनभने उनको शरीरमा ‘सन्दिग्ध वस्तु’ फेला परेको र बम डिस्पोजल टोली स्थलमै परिचालन गरिएको जनाएको छ ।

प्रहरीले जनाएअनुसार अन्य तीन सर्वसाधारण गम्भीर अवस्थामा छन् । घटनाको बेलामा सिनागगमा ठूलो सङ्ख्यामा मानिसहरू आरधनामा थिए। आज यहूदी पात्रोअनुसार सबैभन्दा पवित्र दिन मानिने योम किप्पुर हो।

घटना हेरेका एक व्यक्तिले बीबीसीलाई बताएअनुसार स्थानीय समय अनुसार बिहान ९:३१ मा सार्वजनिक स्थानतर्फ कार कुदाउँदै एक व्यक्तिलाई छुरा प्रहार गरेको देखेपछि प्रहरीलाई बोलाइएको थियो ।

प्रत्यक्षदर्शीले भनेका छन्, ‘प्रहरीले आक्रमणकारीलाई दुई–तीन पटक चेतावनी दिएका थिए, तर उनले सुनेनन्, त्यसपछि प्रहरीले गोली चलायो ।’

ब्रिटिश प्रधानमन्त्री कियर स्टार्मरले डेनमार्कको यात्रा छोट्याएर फर्किएका छन् । उनले देशभरका सिनागगहरूमा थप प्रहरी परिचालन गरिने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्