२६ असार २०८३, शुक्रबार

रातको समयमा आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह

असोज १७, २०८२
काठमाडौं
रातको समयमा आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह
फाइल फोटो

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले रातको समयमा आवतजावत नगर्न आग्रह गरेको छ ।

प्रशासनले एक सूचना जारी गर्दै मौसमी प्रतिकूलताका बाबजुद अनावश्यक रूपमा यात्रा नगर्न आग्रह गरेको हो । ‘काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं प्रवेश गर्ने महानुभावहरूले रातको समयमा यात्रा नगर्नु हुन अनुरोध छ,’ जारी सूचनामा उल्लेख छत ।​

विपद्को समयमा तत्काल कुनै प्रकारको उद्धार, सहयोग र राहत आवश्यक परेको खण्डमा जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न पनि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आग्रह गरेको छ ।​

'विपद्को समयमा तपाईंलाई तत्काल कुनै प्रकारको उद्धार, सहयोग र राहत आवश्यक परेको खण्डमा जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पर्क नम्बर १६६०-०१-४१५१६, ९८५१२८३०२६, ०१-५७२१०१७ सशस्त्र प्रहरी बल नेपाल नम्बर २० (विपद उद्धार) गण, सिनामंगलको सम्पर्क नम्बर ९८५१२७२०३५, ०१-४४७१३३७ र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको सम्पर्क नम्बर ९८५१३६२९३७ मा सम्पर्क गर्नुहुन समेत अनुरोध छ,' सूचनामा भनिएको छ ।​

यस्तो छ सूचना :

null

salt training

कमेन्ट गर्नुहोस्