०७ साउन २०८३, बिहीबार
ओली र लेखकलाई पक्राउ गर्न माग

प्रहरीले ओली र लेखकविरुद्धको जाहेरी बुझेर जाँचबुझ आयोगमा पठायो

असोज २१, २०८२
काठमाडौं
प्रहरीले ओली र लेखकविरुद्धको जाहेरी बुझेर जाँचबुझ आयोगमा पठायो

प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको सरकारका गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी बुझेको छ ।

ओली र लेखकलाई पक्राउ गर्नुपर्ने मागसहित जनेजी आन्दोलनका मृतक र घाइतेका परिवार मंगलबार दिउँसो जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पुगेका थिए ।

उनीहरूले दिएको जाहेरी बुझेर गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाइएको परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईले जानकारी दिए । 

दुई दिने आन्दोलनका क्रममा जति पनि भौतिक र मानवीय क्षतिसँग भएका छन् त्यससँग सम्बन्धित सूचना तथा निवेदन जाँचबुझ आयोगको कार्यक्षेत्र पर्ने भएकाले उतै पठाएको एसपी भट्टराईले बताए । 

मृतकका परिवार पुरूषोत्तम खतिवडा, ईश्वर अधिकारी, गणेश चौलागाईं र अमेरिकाकुमारी चौधरीले जाहेरी दिएका हुन् ।

मंगलबार नै एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडाल र महासचिव दीपक धामी काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका प्रमुख सुधन गुरुङविरुद्ध जाहेरी लिएर परिसर पुगेका छन् । 
 

कमेन्ट गर्नुहोस्