२९ असार २०८३, सोमबार

केराबारीबाट ५५ राउन्ड गोली बरामद

असोज २५, २०८२
झापा
केराबारीबाट ५५ राउन्ड गोली बरामद

झापाको कमल गाउँपालिका– ७ रङ्गपुर स्थित केराबारीबाट ५५ राउण्ड गोली बरामद भएको छ। 

स्थानीय ५५ वर्षीय गङ्गाप्रसाद पाण्डेले गएराति केराबारीमा सेतो बोरामा गोली फेला पारेको जानकारी गराएका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

पाण्डेको सूचनाअनुसार आज बिहान इलाका प्रहरी कार्यालय, दमकबाट खटिएको टोलीले बोरामा राखिएको अवस्थामा एसएलआर राइफलका ५५ राउन्ड गोली बरामद गरेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्