०५ साउन २०८३, मंगलबार

जेनजी आन्दोलनमा लुटिएको राइफल बेवारिसे अवस्थामा भेटियो

असोज २६, २०८२
विराटनगर
जेनजी आन्दोलनमा लुटिएको राइफल बेवारिसे अवस्थामा भेटियो

झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा राइफल फेला परेको छ ।

बेवारिसे अवस्थामा फेला परेको राइफल इलाका प्रहरी कार्यालय दमकको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले पुष्टि गरेका छन् । 

स्थानीयवासीले आइतबार बिहान बन्दुक फेला परेको इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएपछि प्रहरी निरीक्षक नवीन राईको कमान्डमा टोली खटिएको थियो ।

डीएसपी खड्काका अनुसार फेला परेको सो हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल हो । राइफल म्यागजिनसहित भेटिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्