०९ साउन २०८३, शनिबार

सुनको मूल्य तोलामा तीन हजारले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

असोज २६, २०८२
काठमाडौं
सुनको मूल्य तोलामा तीन हजारले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

गत शुक्रबारको तुलनामा सुनको मूल्य तीन हजार रूपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि ४० रूपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार दुई लाख ३५ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज तीन हजारले बढेर दुई लाख ३८ हजार कायम भएको छ । 

सोही दिन एक तोला चाँदी तीन हजार ८५ मा खरिदबिक्री भएकोमा आज त्यति नै परिमाणको चाँदी तीन हजार १२५ मा किनबेच भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्