२६ असार २०८३, शुक्रबार
सुन तस्करी प्रकरण

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

असोज २६, २०८२
काठमाडौं
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार अपरान्ह पक्राउ गरेको हो ।​

सुन तस्करीको आरोपमा अनुसन्धानका लागि महरालाई घरबाटै नियन्त्रणमा लिइएको ब्यूरोका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक मनोज केसीले लोकान्तरलाई जानकारी दिए ।​​

'आपराधिक लाभ र संगठित अपराधमा अनुसन्धानका लागि उहाँलाई ललितपुर महानगरपालिका- २६ खुमलटारस्थित घरबाटै नियन्त्रणमा लिएका छौं,' उनले भने ।

सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बिहीबार मात्रै महरासँग बयान लिएको थियो ।

यसअघि पनि महरा २०८० चैत ५ गते कपिलवस्तुबाट पक्राउ परेका थिए । पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री रहेको समयमै महरा पक्राउ परेका थिए ।

सुन तस्करी प्रकरणमा महराका पुत्र राहुलसँग समेत प्रहरीले बयान लिएको थियो ।

null

यो पनि पढ्नुहोस् 

salt training

कमेन्ट गर्नुहोस्