०७ साउन २०८३, बिहीबार

एनआईसी एसिया बैंकका ग्राहकलाई मर्क्योर होटलमा १५ प्रतिशत छुट

असोज २७, २०८२
काठमाडौं
एनआईसी एसिया बैंकका ग्राहकलाई मर्क्योर होटलमा १५ प्रतिशत छुट

एनआईसी एसिया बैंकका ग्राहकलाई काठमाडौंको सुकेधारामा रहेको मर्क्योर होटलमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता भएको छ ।

यस समझदारीसँगै बैंकका ग्राहकहरूले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुनराज खनियाले जानकारी दिए ।

उनका अनुसार ग्राहकहरूले उक्त होटलमा आवास सेवा लिँदा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरूलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्