२२ असार २०८३, सोमबार

क्युबाका विपक्षी नेता फेरर निर्वासनका लागि अमेरिका प्रस्थान

असोज २७, २०८२
काठमाडौं
क्युबाका विपक्षी नेता फेरर निर्वासनका लागि अमेरिका प्रस्थान

क्युबाका असन्तुष्ट नेता जोसे ड्यानियल फेररलाई सोमबार जेलमुक्त गरी विमानमा अमेरिका पठाइएको छ ।

क्युवाको प्रजातन्त्र समर्थक आन्दोलनको लामो समयसम्म नेताका रूपमा कैयौँ पटक जेल परेका फेररले यसै महिना जेलमा ‘यातना’ र ‘अपमान’ भोगेको भन्दै निर्वासनको विकल्प रोजेको घोषणा गरेका थिए।

जेलबाट एक पत्रमा ५५ वर्षीय फेररले भने, “पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको सम्झौताअन्तर्गत केही समयका लागि रिहा भएपनि अप्रिलमा पुनः जेल परेपछि म विरूद्ध ‘तानाशाहीको क्रुरता’को कुनै सीमा छैन।
 
उनले जेलमा ‘आक्रमण, यातना, अपमान, धम्की र चरम अवस्था’ लाई उल्लेख गर्दै जेलमा रहँदा ‘शासनका अनुयायी’हरूले तोकेका ‘खाना र स्वच्छ उत्पादनहरू’ समेत चोरी’ गरेको बताए । 

फेररले आफ्नी श्रीमतीलाई पनि जेल हाल्ने र आफ्नो सानो छोरालाई बाल अपराधीहरूको संस्थामा पठाउने धम्कीका कारण आफूले देश छोड्ने निर्णय गरेको बताए । 

हवानास्थित विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै फेरर र उनका परिवारका सदस्यहरू सोमबार अमेरिकी सरकारको औपचारिक अनुरोध र असन्तुष्टको स्पष्ट स्वीकृतिपछि देश छाडेर अमेरिका प्रस्थान गरेको उल्लेख गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्