१८ असार २०८३, बिहीबार

जेनजी भन्दै सरकारी कर्मचारी धम्क्याउने शाही ठगी र बैंकिङ कसुरका आरोपी

असोज २८, २०८२
काठमाडौं
जेनजी भन्दै सरकारी कर्मचारी धम्क्याउने शाही ठगी र बैंकिङ कसुरका आरोपी

जेनजी प्रदर्शनपछि उच्च तहका सरकारी कर्मचारीलाई धम्क्याउँदै हिँड्ने अर्जुन बहादुर शाही ठगी र बैंकिङ कसुरको आरोपी रहेको खुलेको छ ।

शाहीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएर उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

पत्रकार श्रीकृष्ण फुँयालले दिएको जाहेरीको आधारमा प्रहरी वृत्त महाराजगञ्जले उनी विरुद्धको अनुसन्धान अघि बढाएको थियो । 

महाराजगञ्ज वृत्तले शाहीलाई उपस्थित गराइदिन भन्दै वैदेशिक रोजगार विभागलाई २०८२ वैशाख ३० मा पत्राचार गरेको थियो ।

विभागले उनलाई वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ गरेर अनुसन्धान गरेको थियो । विभागमा दर्ता भएको मुद्दा टुङ्ग्याएर शाहीलाई प्रहरीमा उपस्थित गराइएको थियो । 

महाराजगञ्ज प्रहरीले अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत् अदालतमा मुद्दा दर्ता गरेको थियो । बैंकिङ कसुर मुद्दामा शाही ३० हजार धरौटी बुझाएर छुटेका थिए । शाहीविरुद्ध प्रहरी वृत्त बौद्धले समेत बैंकिङ कसुर मुद्दा चलाएको थियो ।

शाहीले होमराज खपाङ्गी मगरसँग मिलेर रेड स्टार प्रोडक्सन एण्ड मिडिया हाउस चलाएका थिए । सो कम्पनीको तर्फबाट पत्रकार फुयाँललाई दिएको चेक साटिएन । चेक नसाटिएपछि फुँयालले बाउन्स गरेर प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएका थिए । 

null

उनी विरुद्धको ठगी र बैंकिङ कसुरका ३ वटा मुद्दा अहिले पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छन् । आफूविरुद्धका विभिन्न मुद्दा अदालतबाट छिनोफानो नभएका शाहीले पछिल्ला दिनमा जेनजीका नाममा विभिन्न सरकारी कर्मचारीलाई धम्क्याउदै हिँडेका छन् । 

शाहीको टोलीले नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर ज्ञापन पत्रको नाममा धम्क्याउँदै आएका थिए । उनले काम गर्न नसके राजीनामा दिएर मार्गप्रशस्त गर्न सम्बन्धित अधिकारीहरूलाई  धम्की दिएका थिए ।

जेनजी प्रदर्शनपछि सुशीला कार्की प्रधानमन्त्री बनेपछि शाही शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा सहभागी थिए । त्यहाँ उनले हामी नेपालका संयोजक सुदन गुरुङसँग हात उठाएको तस्वीर समेत सार्वजनिक भएको थियो ।

शाहीको समूहले संवैधानिक निकाय र उच्च पदस्थ सरकारी अधिकारीहरूलाई धम्क्याउँदै आएको नोटिस गृह मन्त्रालयमा समेत पुगिसकेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्