
बाँकेको जानकी गाउँपालिका-१ साईगाउँबाट करिब १ लाख रूपैयाँ बराबरको पटकासहित ३ जना पक्राउ परेका छन् ।
उनीहरूलाई प्रहरीले गएराति पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बहाराईच रुपैडिया बस्ने २५ वर्षीय तशवर अली, ३२ वर्षीय मोहम्मद हसिन र ३० वर्षीय युनुस राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ २ वटा साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पटकासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैबीच, झापाको गौरीगञ्ज गाउँपालिका-४ हुक्कागाछीबाट करिब ४० हजार रूपैयाँ मूल्य बराबरको पटका प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेका अपरिचित व्यक्तिले पटका फाली फरार भएपश्चात प्रहरीले उक्त पटका बरामद गरेको हो ।