
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यसमितिमा बहुमत भएर पनि कार्यवाहक सभापति दिएको भन्दै सभापति शेरबहादुर देउवाको प्रशंसा गरेका छन् ।
जेनजी आन्दोलनमा घाइते भएका देउवाले नयाँ पुस्तालाई आगामी परीक्षा सुम्पेकोमा उनले धन्यवाद भनेका हुन् ।
'जेनजी प्रदर्शनको जायज मागलाई सम्बोधन गरिनुपर्छ- आफैं भौतिक आक्रमणमा परेर पनि कुनै आवेग बेगर हार्दिक रूपमा यी शब्द लिखितम्सहित बोल्नुभयो उहाँले, आग्रह गर्नुभयो, व्यक्तिगत या समूहगत मतभेदभन्दा माथि उठेर अबको बाटो पहिल्याइनुपर्छ,' शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, 'कार्यसमितिमा बहुमत थियो र छँदैछ, तर कार्यवाहक दिनुभयो र जानुभयो हामी सबैलाई आगामी यात्राको परीक्षा सुम्पिएर, समयको स्वरलाई सम्बोधनको यो कर्मप्रति हृदयदेखि सम्मान l'
अब एकताबद्ध भएर इतिहासबाट आर्जित विश्वसनीयताको पुष्टि गर्नुपर्ने उनकाे भनाइ छ ।
'यो कर्मको मर्म आत्मसात गर्दै अब नयाँ ढंगले जुट्नुछ, इतिहासमा आर्जित विश्वसनीयता पुनः पुष्टि गर्ने दायित्व अब संयम र एकता साथ सम्हाल्ने परिपक्वता हामीले राख्नुछ,' शर्माले भनेका छन् ।