३२ असार २०८३, बिहीबार

फोहोर पानी प्रशोधन केन्द्रका कागजात अख्तियारको नियन्त्रणमा

असोज २९, २०८२
पर्सा
फोहोर पानी प्रशोधन केन्द्रका कागजात अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिका मातहतको फोहोर पानी प्रशोधन केन्द्रको कागजात नियन्त्रणमा लिएको छ ।

आयोगको टोलीले शहरी विकास मन्त्रालय र वीरगञ्ज महानगरको संयुक्त लगानीमा निर्माण गरिएको फोहोर पानी प्रशोधन केन्द्रसँग सम्बन्धित उजुरी परेपछि आज छापा हानेर आवश्यक कागजात नियन्त्रणमा लिएको हो ।

आयोगको कार्यालय हेटौंडाका सूचना अधिकारी विमोचन घिमिरेले आयोगको टोलीले सम्बन्धित कागजात नियन्त्रणमा लिएको जानकारी दिए ।

‘आयोगको टोलीले आवश्यक अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिएको हो,’ उनले भने ।

वीरगञ्ज महानगर र शहरी विकास मन्त्रालयको संयुक्त लगानीमा करिब २७ करोड रुपैयाँमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्