०७ साउन २०८३, बिहीबार

भलिबल प्रतियोगिता गर्दै जिम्वाल युवा क्लब, प्रथम हुनेलाई ७५ हजार

असोज २९, २०८२
काठमाडौं
भलिबल प्रतियोगिता गर्दै जिम्वाल युवा क्लब, प्रथम हुनेलाई ७५ हजार

बझाङको खप्तडछान्ना गाउँपालिकामा रहेको जिम्वाल युवा क्लबले ७५ हजार राशिको भलिबल प्रतियोगिता गर्ने भएको छ । 

दशैँ तथा तिहारको अवसरमा क्लबले खप्तडछान्ना गाउँपालिका-४ मा  वडास्तरीय भलिबल प्रतियोगिता गर्न लागेको हो । 

क्लबले पुरुषतर्फ र महिलातर्फ गरी छुट्टाछुट्टै भलिबल प्रतियोगिता सञ्चालन गर्ने क्लबका सचिव शेखर रोकायाले बताए । 

पुरुषतर्फको प्रतियोगिताका विजेतालाई ७५ हजार ४४४ रूपैयाँ र महिलातर्फको विजेतलाई २१ हजार ४४४ रूपैयाँ नगद पुरस्कार प्रदान गरिने सचिव रोकायाको भनाइ छ ।

रोकायाका अनुसार भलिबल प्रतियोगिता कार्तिक २ गतेदेखि सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुन चाहने टिमले कार्तिक १ गतेभित्र टिम दर्ता गराइसक्नुपर्ने छ । 

पुरुषतर्फको टिम दर्ता शुल्क ५ हजार ५५० तोकिएको छ भने महिलातर्फको टिम दर्ताका लागि २ हजार रूपैयाँ दर्ता शुल्क तोकिएको छ । 

पुरुषतर्फ दोस्रो स्थान हासिल गर्ने टिमलाई ४० हजार ४४४ रूपैयाँ नगद प्रदान गरिने छ भने, तेस्रो स्थान हासिल गर्ने टिमलाई २५ हजार ४४४ रूपैयाँ नगद पुरस्कार प्रदान गरिने जनाइएको छ । 

यस्तै, महिलातर्फ दोस्रो स्थान हासिल गर्ने टिमलाई १२ हजार ४४४ रूपैयाँ र तेस्रो स्थान हासिल गर्नेलाई ७ हजार ४४ रूपैयाँ पुरस्कार प्रदान गरिने रोकायाले बताए ।  

कमेन्ट गर्नुहोस्