
बैंक तथा वित्तीय संस्थाले पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्न थप समयावधि पाएका छन् ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले १५ दिनभित्र प्रकाशन गर्नुपर्ने वित्तीय विवरण कात्तिक २१ गतेसम्ममा प्रकाश गर्न सक्ने गरी समयावधि थप गरेको हो ।
पहिलो त्रैमास समाप्त भएको १५ दिनभित्र बैंक तथा वित्तीय संस्थाहरूले पहिलो त्रैमासको विवरण सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ । तर, यसपटक राष्ट्र बैंकले एक साताको समय थप गरिदिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कात्तिक १५ गतेभित्र प्राप्त भएको ब्याज रकमबाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित व्यवस्थाअनुसार नियमनकारी कोषमा जम्मा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस्, सूचना :
