
हुम्लामा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।
सिमकोट गाउँपालिका-७ चुकेडी भिर भन्ने स्थानबाट भरुवा बन्दुक २ थानसहित २ उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सोही गाउँपालिका-७ डाँडाफाया बस्ने ६८ वर्षीय अंग बहादुर शाही र ६३ वर्षीय लोक बहादुर शाही रहेका छन् ।
इलाका प्रहरी कार्यालय मुचुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।