०९ साउन २०८३, शनिबार

दक्षिण एसियाली च्याम्पियनसिप खेल्न एथलेटिक्स टोली भारत जाने

कात्तिक ३, २०८२
काठमाडौं
दक्षिण एसियाली च्याम्पियनसिप खेल्न एथलेटिक्स टोली भारत जाने

दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली भारतको राँची प्रस्थान गर्ने भएको छ । नेपाली टोली बुधबार प्रस्थान गर्ने बताइएको छ ।

अक्टोबर २४ देखि २६ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालबाट मुकेश पाल, राजन रोकाया, सोम कुमाल, सलिन देवान, सन्तोषी श्रेष्ठ, पूर्णलक्ष्मी न्यौपाने, सुशील केसी, शिवराज पार्की, अरुण महतो र रामचन्द्र थारुले सहभागिता जनाउने छन् ।

यसैगरी, तिलक विक, युवराज विक, गणेशसिंह रावत, नागेश्वर ऐर, चन्द्रदेव जोशी, प्रवीण राना, वसन्ती चौधरी, सिमाकुमारी थारू, जयरानी थारू, सीता शाही, सर्मिलाकुमारी थारू, सरस्वती चौधरी, रन्जिता अधिकारी, डिना गोपाली र नारायणी भण्डारीले पनि नेपालको प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोलीको प्रशिक्षकमा राकेश वज्राचार्य र धनीराम चौधरी, व्यवस्थापकमा दीपेन्द्रकुमार गोइत तथा अफिसियलमा अनिरुद्र चौधरी रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले सोमबार बिदाइ गरे ।

salt training

कमेन्ट गर्नुहोस्