
इलाममा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इलाम नगरपालिका- ९ धजेडाँडा बस्ने ५२ वर्षीय टेकनाथ कार्की छन् । उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
टेकनाथले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।