१८ असार २०८३, बिहीबार

स्रोत नखुलेको ३९ लाख रुपैयाँसहित एक जना पक्राउ

असार १८, २०८३
काठमाडौं
स्रोत नखुलेको ३९ लाख रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार अपरान्ह काठमाडौं महानगरपालिका–१५ जम्बुडाँडास्थित पहेँलो पुलमा चेकजाँचका क्रममा मनमोहन साह कलवारको झोलाबाट ३९ लाख ४१ हजार ६२० रुपैयाँ बरामद भएको हो ।

बाराको पचरौता नगरपालिका–७ घर भएर कालीमाटी बस्दै आएका कलवारले उक्त रकमको स्रोत देखाउन नसकेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

प्रहरी वृत्त बौद्धमार्फत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्