०८ साउन २०८३, शुक्रबार

भक्तपुर दरबार स्क्वायरमा रमाउँदै पर्यटक [तस्वीरहरू]

कात्तिक ७, २०८२
भक्तपुर
भक्तपुर दरबार स्क्वायरमा रमाउँदै पर्यटक [तस्वीरहरू]
तस्वीर सौजन्य : नवीन शाही

विश्वसम्पदा सूचीमा सूचीकृत उपत्यकाका प्रसिद्ध तीन शहरमध्ये भक्तपुर दरबार क्षेत्र एक महत्त्वपूर्ण स्थान हो । जहाँ अहिले पर्यटकहरू रमाइरहेका छन् । 

यहाँ वर्षेनी हजारौं स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गर्ने गर्दछन् । कूटनीतिक क्षेत्रका विभिन्न अधिकारीहरू पनि भक्तपुर दरबार क्षेत्रको अवलोकनमा पुग्ने गर्छन् ।

भक्तपुर दरबार स्क्वायर (ख्वप: लायकू) भक्तपुरका तत्कालीन राजाहरूको प्राचीन राजदरबार हो । समुद्र सतहदेखि ४,६०० फिटको उचाइमा रहेको यो दरबार युनेस्को विश्व सम्पदा क्षेत्रभित्र पर्दछ । 

नेपालको ऐतिहासिक धरोहरका रूपमा रहेको भक्तपुर दरबारले विश्वका सम्पूर्ण मानिसलाई आकर्षित गर्दै आएको छ । यो नेपालको प्रमुख पर्यटकीय केन्द्र पनि हो ।

राजा भूपतिन्द्र मल्लको समयमा निर्मित ५५ झ्याले दरबार यहाँको आकर्षणको मुख्य केन्द्रविन्दुको रूपमा रहेको स्थानीय बताउँछन् ।

nullnullnullnullnullnullnullnullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्