१७ असार २०८३, बुधबार

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

कात्तिक ९, २०८२
काठमाडौं
श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

कैलालीमा श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

आफ्नै श्रीमान ५० वर्षीय लखनलाल कठरियाको हत्या गरेको अभियोगमा जोशीपुर गाउँपालिका-३ लक्कड बस्ने ३५ वर्षीया सुनिता देवी कठरियालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको क्रममा सुनिताले कुटपिट गर्दा लखनलाल गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

कुटपिटबाट गम्भीर घाइते भएका लखनलालको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्