०१ साउन २०८३, शुक्रबार
आईसीसी क्रिकेट विश्वकप लिग–२

नेपाललाई तेस्रो सफलता, पेभेलियन फर्किए ओपनर समित पटेल

कात्तिक ९, २०८२
काठमाडौं
नेपाललाई तेस्रो सफलता, पेभेलियन फर्किए ओपनर समित पटेल

संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको आइतबार जारी अमेरिकाविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।

अमेरिकाले तेस्रो विकेटका रूपमा ओपनर ब्याट्सम्यान समित पटेललाई गुमाएको हो । विकेटकिपर ब्याट्सम्यान समित ७५ रन बनाउँदै आउट भए ।

एक सय बलमा नौ चौका प्रहार गरेका उनी रन आउट भई पेभेलियन फर्किएका हुन् । ३३औं ओभरको पाँचौँ बलमा समित आउट हुँदा अमेरिकाले एक सय ४३ रन बनाएको छ ।

त्यसअघि, आरिफ शेखले अमेरिकाको दोस्रो विकेट लिएका थिए । आरिफ शेखले अमेरिकी टोलीका कप्तान मोनांक पटेललाई एलबीडब्लूको धरापमा पारेका थिए । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लिएको यो नवौं विकेट हो ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका मोनांक १७ बलमा एक छक्काको मद्दतले १० रन बनाउँदै आउट भए । १४औं ओभरको पाँचौँ बलमा मोनांक आउट हुँदा अमेरिकाले ४८ रन बनाएको थियो ।

अमेरिकाको पहिलो विकेट भने सोमपाल कामीले लिएका थिए । सोमपालले अमेरिकाका ओपनर ब्याट्सम्यान एन्ड्रिस गौसलाई ११ रनको व्यक्तिगत स्कोरमा भीम सार्कीद्वारा क्याच गराएका हुन् । सोमपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लिएको यो ८५औं विकेट हो ।

आठौं ओभरको दोस्रो बलमा गौस आउट हुँदा अमेरिकाले १८ रन बनाएको थियो । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली टोलीले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्