
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको आफ्नो पहिलो खेलमा आइतबार अमेरिकाले दिएको चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले पहिलो ओभरको दोस्रो बलमै विकेट गुमाएको छ ।
नेपालले पहिलो ओभरको दोस्रो बलमै ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको हो । टोलीले खाता खोल्नुअघि नै कुशल भुर्तेल रुसिल उगारकरको बलमा विकेटकिपर समित पटेलद्वारा समातिएका थिए ।
यसअघि, टस हारी पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ६२ रन बनाएको थियो ।