१७ असार २०८३, बुधबार

क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोलीलाई प्रशंसा पदक प्रदान

कात्तिक ९, २०८२
काठमाडौं
क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोलीलाई प्रशंसा पदक प्रदान

प्रधानसेनापति अशोक राज सिग्देलले संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज क्याब्रिअन पट्रोल २०२५’ मा स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई आज प्रशंसा पदक प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित कार्यक्रममा उक्त अभ्यासमा सहभागीलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ पदकबाट सुशोभित गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय स्तरको सैनिक प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको छवि एवं गौरव बढाउन पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन स्वरूप सहभागी नौ जना प्रतियोगी र एक जना व्यवस्थापकलाई प्रशंसा निशानद्वारा सम्मान गरिएको हो ।

गत असोज १७ गतेबाट २६ गतेसम्म बेलायतको वेल्स, ब्रेकनमा सञ्चालन भएको उक्त अभ्यासमा ३३ राष्ट्रका ११७ वटा टोलीको सहभागिता थियो । 

salt training

कमेन्ट गर्नुहोस्