
आफ्नै छोरा १७ वर्षीय सफल लिम्बुको हत्या गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका-८ भदौरे बस्ने ५२ वर्षीय बखत सिंह लिम्बु रहेका छन् । उनी आइतबार दिउँसो पक्राउ परेका हुन् ।
आफ्नै घर नजिकै बखतले भरूवा बन्दुकले प्रहार गर्दा सफलको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट दुर्दिम्बाबाट खटिएको प्रहरीले उनलाई भरूवा बन्दुकसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।