२३ जेठ २०८३, शनिबार

डिलर विस्तारमा आक्रामक बन्दै जिली ईएक्स ५, बुटवल र विराटनगरका शोरुम एक महिनाभित्र सञ्चालनमा आउने​

कात्तिक ११, २०८२
काठमाडौं
डिलर विस्तारमा आक्रामक बन्दै जिली ईएक्स ५, बुटवल र विराटनगरका शोरुम एक महिनाभित्र सञ्चालनमा आउने​

विश्वप्रसिद्ध जिली ईएक्स ५ को नेपालका लागि आधिकारिक आयातकर्ता एवं वितरक एलआरआर मोटर्सले डिलरशिप विस्तारको आक्रामक योजना सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले आगामी एक वर्षभित्र नेपालभरि १४ वटा डिलर नियुक्त गर्ने जनाएको छ ।

देशका सातै प्रदेशमा दुई/दुई वटा डिलरशिप शोरुम स्थापना गर्ने कम्पनीको योजनाले जिली ईएक्स५ मोडेलप्रति नेपाली उपभोक्ताको बढ्दो आकर्षणका साथै देशैभरि सहज रूपमा प्रिमियम गुणस्तरको इलेक्ट्रिक मोबिलिटी उपलब्ध गराउने कम्पनीको दृढ प्रतिबद्धतालाई सार्थक पार्नेछ ।

देशभित्रका सम्पूर्ण ग्राहकहरूलाई गाडीको बिक्री, सेवा तथा स्पेयर पार्ट्समा सहज पहुँच सुनिश्चित गराउने उद्देश्य बोकेको यस योजनाले एलआरआर मोटर्सलाई नेपालको सबैभन्दा ठूलो र विश्वासिलो मध्येको एक अटोमोबाइल कम्पनीको रूपमा विकसित गराउने यात्राको थालनी पनि गराएको छ । 

कम्पनीले रणनीतिक विस्तारको पहिलो चरणअन्तर्गत विराटनगर र बुटवलका डिलरहरू नियुक्त भइसकेका र तिनका शोरुम तथा सर्भिस केन्द्रको उद्‌घाटन आगामी एक महिनाभित्र हुने जानकारी दिएको छ ।

यी नयाँ शोरुमहरूले जिलीको विश्वव्यापी मापदण्डअनुरूप ग्राहकहरूका लागि सवारीसाधन प्रदर्शन, टेस्ट ड्राइभ, फाइनान्सिङ्ग सुविधा, बिक्रीपछिको सेवा र जेनुइन स्पेयर पार्ट्स गरी समष्टिगत सेवा उपलब्ध गराउने छन् ।

'सम्पूर्ण नेपालीहरूको घरदैलोसम्म नै जिली ईएक्स५ पर्‍याउने उद्देश्यका साथ हामीले देशव्यापी डिलरशिप विस्तारको पहिलो चरणको योजना घोषणा गरेका हौं,' एलआरआर मोटर्सका निर्देशक जीवनजङ्ग शाहीले भने, 'हामीलाई विश्वास छ कि विराटनगर र बुटवलमा नयाँ डिलर शोरुमा सञ्चालनमा आएपछि ग्राहकहरूले हाम्रो ब्रान्डको गुणस्तर, विश्वसनियता र नवप्रवर्तनको वाचा आफ्नै शहरमा प्रत्यक्ष रूपमा अनुभव गर्नेछन् ।'

नेपालमा भित्रिएको छोटो समयमै जिली ईएक्स५ले नेपाली ईभी पारखीहरूको मन जितिसकेको छ भने यसको अत्याधुनिक डिजाइन, प्रिमियम इन्टेरियर, अतुलनीय सुरक्षा विशेषता र प्रभावकारी रोड पर्फमेन्सका कारण नेपालीहरूमाझ यसको लोकप्रियता बढ्दै गएको छ ।

एलआरआर मोटर्सका बिक्री विभाग प्रमुख अधीर श्रेष्ठका अनुसार कम्पनीले यो विस्तार योजना देशभरका ग्राहक र सम्भावित डिलरहरूबाट प्राप्त अत्यधिक सोधपुछ र चासोको प्रतिक्रिया स्वरूप तयार गरेको हो ।

'हामीलाई देशका विभिन्न भागबाट प्रत्यक्ष फोन र सामाजिक सञ्जालमार्फत जिली ईएक्स५ बारे थप जानकारी लिन र किन्ने इच्छाका बारेमा धेरै सोधपुछहरू प्राप्त भइरहेका छन्,' उनले भने ।

निकट भविष्यमै अन्य विभिन्न स्थानमा पनि नयाँ डिलर नियुक्त गर्दै शोरुमको स्थापना गर्दै जाने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्