१७ असार २०८३, बुधबार

सोलुखुम्बुमा बिरामी विदेशी पर्यटकको सेनाको हेलिकप्टरमार्फत उद्धार

कात्तिक ११, २०८२
काठमाडौं
सोलुखुम्बुमा बिरामी विदेशी पर्यटकको सेनाको हेलिकप्टरमार्फत उद्धार

सोलुखुम्बु भ्रमणका क्रममा अस्वस्थ भई अचेत भएका एक डेनमार्कका नागरिकलाई नेपाली सेनाले उद्धार गरी काठमाडौं पठाएको छ।

नेपाली सेनाले दिएको जानकारीअनुसार यही कात्तिक १० गते अस्वस्थ भएका ती पर्यटकलाई नाम्चे बजारस्थित सामुदायिक अस्पतालबाट भगवती प्रसाद गुल्मबाट खटिएको टोलीले सेनाको हेलिप्याडसम्म पुर्‍याएको थियो।

त्यसपछि सेनाको सहयोगमा हेलिकप्टरमार्फत उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको सेनाले जनाएको छ।

'सोलुखुम्बु भ्रमणका क्रममा अस्वस्थ भई अचेत भएका डेनमार्कका नागरिकलाई भगवती प्रसाद गुल्मबाट खटिएको टोलीले कात्तिक १० गते नाम्चे बजारस्थित सामुदायिक अस्पतालबाट गुल्मको हेलिप्याडसम्म पुर्‍याई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउन सहयोग गरेको छ,' सेनाले आज जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्