२९ असार २०८३, सोमबार

ट्रम्प र जिनपिङबीच ६ वर्षपछि दक्षिण कोरियामा भेटवार्ता

कात्तिक १३, २०८२
काठमाडौं
ट्रम्प र जिनपिङबीच ६ वर्षपछि दक्षिण कोरियामा भेटवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । दुई देशबीच तीव्र व्यापार युद्ध चर्किरहेका बेला शीर्ष दुई नेताबीच भेटवार्ता भएको हो । 

दक्षिण कोरियाको बुसानमा राष्ट्रपतिद्वयबीच भेटवार्ता भएको हो । उनीहरू ६ वर्षपछि प्रत्यक्ष भेटेका हुन् । 

संसारले अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति जिनपिङबीचको भेटलाई विश्वले हेरिरहेको छ ।

ट्रम्प र सी ले दक्षिण कोरियाको ग्यांग्झूमा एशिया प्यासेफिक इकोनोमिक कोअपरेशन (एपेक) को शिखर सम्मेलनमा पनि भाग लिनेछन् । सोही सम्मेलनमा भाग लिनुअघि उनीहरूबीच भेटवार्ता तय भएको हो ।

सी जिनपिङले चीनलाई महाशक्ति बनाउने लक्ष्य पछ्याइरहेका बेला, पहिले नै महाशक्ति भएको संयुक्त राज्य अमेरिकाले आफ्नो अस्तित्व जोगाउन प्रयास गरिरहेको छ।

ट्रम्प र सीबीच अमेरिकी किसानका सोयाबिन र कृषि उत्पादन खरिद, सन्तुलित व्यापारका विषयमा छलफल हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्