
लामो गिरावटपछि शेयर बजार परिसूचक नेप्से २६०० बिन्दुमा उक्लिएको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार ३४.२२ अंकले बढेर नेप्से २६००.३८ बिन्दुमा उक्लिएको हो ।
यसक्रममा ७ अर्ब ५१ करोड ३९ लाख बराबरको शेयर कारोबार भयो ।
कारोबारका हिसाबले हिमालयन बैंकको प्रमोटर शेयर, राधी, एनआरआईसी, साहस, बीपीसीएल अगाडि रहे ।
समूहगत हिसाबमा सबैभन्दा धेरै कम्पनी लिस्टेड रहेको हाइड्रोपावर अगाडि रह्यो । उक्त समूहको सूचक २.७६ प्रतिशतले बढ्यो ।
म्युचुअल फन्डबाहेक अन्य सबै समूहमा नेप्सेकै औसतमा वृद्धि देखियो ।