
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत बिहीबार खेलिएको खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई)को पहिलो विकेट लिएको छ ।
दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा दुई सय ३४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको यूएईको पहिलो विकेट करण केसीले लिएका हुन् ।
करणले यूएईका ओपनर ब्याट्सम्यान एलिसन सराफुलाई ४५ रनमा पेभेलियन फर्काए । उनले सराफुलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए ।
प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका सराफुले केवल २६ बलको सामना गरी तीन छक्का र ६ वटा चौका हिर्काएका थिए । नवौं ओभरको दोस्रो बलमा सराफु आउट हुँदा यूएईको टोलीले ६३ रन बनाएको छ ।